नियम १२
प्राविधिक वा विशेषज्ञ उपसमिति
(१) राष्ट्रिय सीप प्रमाणिका बमोजिम सीप परीक्षण तथा प्रमाणिकरण एवं तत् सम्बन्धी अन्य कार्य गर्न परिषद्ले आवश्यकता अनुसार प्राविधिक वा विशेषज्ञ उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्राविधिक वा विशेषज्ञ उपसमितिको गठन, काम, कर्तव्य र अधिकार तथा अन्य कार्यविधि परिषद्ले तोके बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको प्राविधिक वा विशेषज्ञ उपसमितिको गठन, काम, कर्तव्य र अधिकार तथा अन्य कार्यविधि परिषद्ले तोके बमोजिम हुनेछ ।